५.

Numerous custom style combinations*Reignite your coolLarge 1.1" dynamic color-displayEverything on one screenApproximately 20% further increase in display area* makes incoming calls, messages and alerts easier to see and ushers in a new era of dynamic dials.

20%Approximate display area

यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ। 

‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं, ’एशोशिएसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। पोखरामा खपत हुने फुलमध्ये स्थानिय उत्पादनले ८० प्रतिशत धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयातीत फूलले धान्ने उनले जानकारी दिए। उनका अनुसार स्थानिय उत्पादनले धान्ने फुलको बजार पोखरा एक्लैले भने धान्दैन। यहाँ खपत हुने फूल धादिङ, गोरखा, लमजुङलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको उनले बताए।

५.

पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्ने गरेका छन्। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन्।

सत्रपत्रीको मालाको १५०, थुंगाको ५ रुपैयाँ

यस वर्ष फूलको मालाको मूल्य सरदर एकसय पचास रुपैयाँ पर्ने भएको छ। नेपाली फूलको मालाको मूल्य एकसय पचास रुपैयाँ पर्ने एशोशिएसनका अध्यक्ष गुरुङले बताए। पूmलको एउटा थुंगाको मूल्य ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए। एउटा मालामा नेपाली पूmल २८ देखी ३० थुंगा उनिने भएकाले त्यसको मालाको मूल्य एकसय ४० देखी १ सय ५० रुपैयाँसम्म पर्ने उनको भनाई छ।

भारतीय फुलको माला भने ३४ देखी ६० रुपैयाँको हाराहारीमा पर्ने बताईन्छ। भारतीय फुलको थुंगा सानो हुने भएकाले मूल्य सस्तो भएको हो। यद्दपी थुंगाको मूल्य ५ रुपैयाँ तोकिएपनि फूल व्यवसायी बाहेकको मा गएर खरिद गर्दा १० देखी २० रुपैयाँसम्म थुंगाको लिएर ठग्ने गरेको गुनासो बारम्बार आउने गरेको छ।

एशोशिएसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाईलाई लगाई दिन आग्रह गरेको छ। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे। उनले भने, ‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र माला पनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिँ उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ।’  

उनले अरु बेला जुनसुकै फूल प्रयोग गरेपनि तिहारमा दाजुभाईको गलामा स्थानिय फूलकै माला प्रयोग गर्दा हेर्दापनि राम्रो र नेपाली दाजुभाई दिदीबहिनीले उत्पादन गरेको माला लगाउँदा गर्व पनि महसुश हुने उल्लेख गरे।

५.

महाराष्ट्र राज्य परीक्षा परिषद, पुणे
पूर्व उच्च प्राथमिक शिष्यवृत्ती परीक्षा इ. 5 वी / Pre Upper Primary Scholarship Examination Std 5th (PUP)
पूर्व माध्यमिक शिष्यवृत्ती परीक्षा इ. 8 वी / Pre Secondary Scholarship Examination Std 8th (PSS)

५.


काठमाडौं । सत्ता गठबन्धनको असोज २१ गते रातिको अन्तिम भागवण्डामा मधेस प्रदेशका केही क्षेत्र लोसपालाई छाड्नेबाहेकको सीट बाँडफाँटमा ४८ सीट पाएको माओवादी केन्द्रले अन्तिममा ४२ ठाउँमा उम्मेदवारी दियो ।

दिएका ४३ मध्ये पनि रौतहट ३ का उम्मेदवार रविन्द्र पट्टेलको उम्मेदवारी निष्क्रिय बनाएर एमालेबाट स्वतन्त्र बनेका प्रभु साहलाई समर्थन जनाएपछि अब १६५ निर्वाचन क्षेत्रमध्ये ४३ ठाउँमा मात्र माओवादीका उम्मेदवार कायम भएका छन् ।

ती ४३ मध्ये काठमाडौं ७ की मानुषी यमी भट्टराई र सर्लाही २ का महिन्द्र राय यादव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवार हुन् ।

कमल थापाले सूर्य चिन्ह लिएर लडेजस्तै उनीहरुले माओवादीको चिन्ह प्रयोग गरेका हुन् । उनीहरुलाई समेत जोड्दा ४३ जना उम्मेदवार मैदानमा पठाएको माओवादीका आफ्नै पार्टीका उम्मेदवार भने अब ४१ जनामात्र बाँकी रहेका छन् ।

माओवादी केन्द्रले भागवण्डामा पाएकामध्ये रुपन्देही १ मा आफ्नो उम्मेदवार नउठाएर एमालेबाट टिकट नपाएपछि स्वतन्त्र बनेका घनश्याम भुसाललाई समर्थन जनाएको छ ।

भागवण्डामा मापदण्डअनुसार नै पाएको सोलुखुम्बु पनि अन्तिममा माओवादीले कांग्रेसलाई छाडेको छ । बलवहादुर केसीले असोज २३ गते विहान बालुवाटारमै गएर प्रचण्ड र शेरबहादुर देउवा दुवैजनालाई देखाइदिन्छु भनेपछि माओवादीले छाडेको हो ।

माओवादीले जितेको सो क्षेत्र २१ गतेको भागवण्डामा उसकै भागमा थियो । तर कांग्रेस नेता केसी विहान गएर ‘यो बलेलाई टिकट नदिने होइन त प्रचण्डजी ? ल म देखाइदिन्छु’ भन्दै स्वतन्त्र उम्मेदवारी दिन हिँडेपछि छलफल भयो ।

जिल्लाका माओवादीहरुले पनि बलवहादुर केसी बागी उठ्दा जित्न नसकिने रिपोर्ट दिएपछि प्रदेशका २ वटा सीट लिएर माओवादीले प्रतिनिधिसभाको सीट कांग्रेसलाई छाड्यो ।

त्यस्तै, केन्द्रबाट म्याग्दीको सीट माओवादी केन्द्रले लियो । पार्टीले संविधानसभाको पहिलो सदस्य गोविन्द पौडेललाई टिकट पनि दियो । तर जिल्लामा कमजोर अवस्था रहेकाले सल्लाहले नै प्रतिनिधिसभाको सीट कांग्रेसलाई दिने सहमति गरेर केन्द्रमा खबर गरे ।

केन्द्रबाट अन्तिममा प्रतिनिधिसभा कांग्रेसले र प्रदेशका दुवै सीट माओवादीले पाउँने गरी पठाइयो । यस्तै, हालत नवलपुर २ पनि भयो । केन्द्रबाट माओवादीले पाएको सो सीट जिल्लाका माओवादीले लिन मानेनन् ।

अन्तिममा त्यो सीट पनि कांग्रेसलाई दिएर एउटा प्रदेशसभा लियो माओवादीले । तर त्यसो गर्दा कांग्रेसका गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले पाएको प्रदेशको सीट भने खोसियो ।

आगामी निर्वाचनपछि दोस्रो ठूलो दल बन्ने र कम्युनिष्ट पार्टीमध्ये पहिलो बन्ने घोषणा गरेको माओवादीले ४३ सीटमा चुनाव लडेर उक्त लक्ष्य प्राप्त गर्न सक्ला ? यसका लागि भने मंसिर ४ सम्म कुर्नै पर्ने हुन्छ । जबकी एमालेले १४१ स्थानमा उम्मेदवार खडा गरेको छ ।